संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
यो विद्यालय पुनर्वास नगरपालिका वडा नं. ८ स्थित क गाँउ पृथ्वीवस्तीमा अवस्थित छ । यस विद्यालयको सेवाक्षेत्र ऋबतअजmभलत बचभब मा बसोवास गर्ने समुदायको जनसंख्या सम्बन्धि तथ्याङ्क तल प्रस्तुत गरिएको छ ।यस क्षेत्रको सामुदायिक बनावटलाई हेर्दा के देखिन्छ भने दुई वटा वस्तीहरु यस्ता छन्जहाँ राना सम्प्रदायका मानिसहरु मात्र बसोवास गरेका छन् भने अधिकांश वस्तीहरुमा मिश्रित जनसमुदाय आपसी सद्भाव एवम् सहिष्णुतासंग बसोवास गर्दै आएका पाइन्छ । गाउँ गाउँमा खेलकुद, क्लवहरु, सरकारी, गैर सरकारी संस्थाहरु, सहकारी संस्थाहरु, महिला समूहहरु, वाल क्लवहरु छन ् । विभिन्न राजनितिक दल संगठनहरु त्यस्तै एउटा अध्ययन केन्द्र र साहित्यीक संस्था पनि खुलेको पाइन्छ । यो सम्पूर्ण रुपमा ग्रामिण इलाका हुनाले यहाँको समुदाय विभिन्न गाउँ वस्तीहरुमा विभाजित छ । घरहरु झुप्रा झुप्रि कच्ची, पक्की सबै थरिका छन्। बाटोघाटो पक्की नभए पनि व्यवस्थित छन्। सुकुम्वासी वस्तीहरुमा भने घरहरु घना छन् तर अन्य सबै ठाउँमा घर घरको दुरी बढीमा २५ मी.सम्म पनि छ । पहिलेको तुलनामा वस्ती घना हुँदै गएको छ, घरहरु वाक्लिंदै गएका छन्। संयुक्त परिवार विखण्डीत भएर एकल परिवार बन्दै गएको कारणले घर परिवार बढ्दै छन्। तर परिवार संख्या भने न्युन हुँदै गएको पाइन्छ । जता गरिवी छ, त्यतै बालबालिका बढी छन् । जता सम्पन्नता छ त्यता नियन्त्रण छ । विगतको परासन गा.वि.स.को सम्पूर्ण भूभाग अर्थात हाल बनेको पुनर्वास नगरपालिकाको (७–९) वडाहरु यसै क्षेत्र भित्र पर्दछन्।
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।